सरकारले यौनजन्य हिंसाको घटनामा उजुरीको हदम्याद तत्काल अघि नबढाउने

२३ जेष्ठ २०७९, सोमबार १३:३६

काठमाडौं । सरकारले यौनजन्य हिंसाको घटनामा उजुरीको हदम्याद तत्काल अघि नबढाउने भएको छ।आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन मन्त्री गोविन्द बन्दीले तत्काल पुनर्विचार हुन नसक्ने स्पष्ट पारेका हुन् । एउटा घटनालाई मात्र लिएर हदम्याद सम्बन्धि पुर्नविचार गर्न नहुने उनले बताएकाm थिए ।

कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, हदम्याद सम्बन्धि प्रावधान र सामाजिक परिवेश हेरेर प्रतिवेदन दिने र त्यसपछि मात्रै पुनर्विचार गर्न सकिनेमा बताए ।

कानुुन सुधार गर्दा एउटा परिघटनाबाट प्रभावित नभई समग्र कानुन निर्माण गर्ने क्रममा समाजको सवालहरुको बारेमा अध्ययन छलफल गरेर कानुन परिमार्जन गर्ने पनि बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*