फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्था भेटिए

२३ जेष्ठ २०७९, सोमबार १४:०५

काठमाडौं । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिएको छ।

घटनास्थलमा अनुसन्धान टोलि पुगेको हुँदा छानबिन हुन बाँकि नै रहेको प्रहरीले जनाएको छ। उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*