बीमा क्षेत्रको एक मात्रै महिला सिईओ उपासना पौडेलले कति लिन्छिन् बार्षिक तलब भत्ता ?

२३ जेष्ठ २०७९, सोमबार १४:४३

काठमाडौं । बीमा क्षेत्रको एक मात्रै प्रमुख कार्यकारी अधिकृत उपासना युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओ उपासना पौडेलले बार्षिक रुपमा ४५ लाख ६८ हजार ६५१ रुपैयाँ तलब भत्ता बुझेकी छिन् ।

कम्पनीको आज बसेको साधारणसभाले सिईओ पौडेलको बार्षिक तलब भत्ता पारित गरेको छ। कम्पनीको सिईओको तलब भत्ता बाहेक अन्य संचयकोष, उपदान, दसै खर्च, औषधीउपचार, संचित बिदा, बोनस, भत्ता, सवारी तथा इन्धन सुविधा पनि उपल्बध गराएको छ।

त्यस्तै, कम्पनीले संचालक समितिको बैठक भत्ता, बैठक अर्च, अन्य समितिको बैठक भत्ता र अन्य समितिको बैठक भत्ता खर्च सभाले पारित गरेको छ ।
त्यस्तै, आजको सभाले संस्थापकतर्फबाट र सर्वसाधारणतर्फबाट नयाँ संचालक चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*