युनाइटेड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

२४ जेष्ठ २०७९, मंगलवार १०:३५

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीले संस्थापक शेयरधनी समूहतर्फबाट ४ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट २ जना गरी कुल ६ जनाको नयाँ संचालक समिति गठन गरेको हो ।

संस्थापकतर्फबाट रवि भक्त श्रेष्ठ, राम रिमाल, दिपक ओली र प्रियंका श्रेष्ठ रहेका छन भने सर्वसाधारण तर्फबाट विलसन मान रंजित र रविन्द्र राज पन्त रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*