टिभिएसद्धारा ३५ जना राइडर्सको साथमा अपाचे वनर्स ग्रुपको पहिलो राइड सम्पन्न

२५ जेष्ठ २०७९, बुधबार १५:४२

काठमाडौं । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे वोनर्स ग्रुप नामक अपाचे रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ ।

जेठ १४ शनिवारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रिसोर्ट सम्म ३५ सहभागीहरू टिभिएसले पुराएको थियो । विभिन्न पेसाका सहभागीहरूले भाग लिएको अपाचे वनर्स ग्रुपमा सहभागीको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जनाको चयन भएका थिए ।

नेपालका लोकप्रिय मोटोभ्लगर्स एमआरबि भ्लग्स (विविध जङ्ग थापा) लगायत अरू विभिन्न भ्लगर्सहरु पनि सो राइडमा उपस्थित थिए । बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी राइडर्सहरूलाई टिभिएसले बागमती कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।

टिभिएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एडभेन्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो । टिभिएसले बागमती प्रदेश संगै गण्डकी प्रदेशमा पनि अपाचे वोनर्स ग्रुप राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि उक्त राइड सञ्चालन गर्ने छ । उक्त राइडमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ ।

यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो जसमा राइडरहरूलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो । यस राइडमा सहभागी हुने सबै राइडर्सहरुलाइ टिभिएसल फ्रि राइडिङ गेयर्स उपलब्ध गरेको थियो । सो राइडर्सहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र बिजेता हरुलाई पुरस्कार तथा भएको साथै सबै टिभिएसले सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरेको थियो ।

उक्त राइडबारे जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेल, डिजिएम मार्केटिङ भन्छन्, “हामीले सोचेको पनि थिएनौ अपाचे राइडर्सहरुको यति धेरै उत्साह हुन्छ भनेर र अहिले नै उक्त राइडमा यति धेरै सहभागीता देखेर हामी निकै खुशी छौ । हामी चाडै नै सो राइडबाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौं । यस अपाचे वोनर्स ग्रुप गर्ने हाम्रो मुख्य उदेश्य चाही नेपालमा अपाचे राइडर्सहरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।

गोर्खा बिच रेसोर्ट पुगेका सहभागी एकेन्द्र बज्राचार्य आफ्नो राइडको बारेमा भने, “आफू जस्तै अपाचे प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन् । राइडमा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए ।”

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*