गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

२५ जेष्ठ २०७९, बुधबार १८:३०

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ।

यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

क) दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना :

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी :नौ सय उनान्सय रुपँैया मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ख) पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना :

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी : चार सय उनान्सय रुपँैया मात्र) भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ग) आजीवन ९ीषभतष्mभ० डिम्याट र मेरोशेयर खाता नविकरण योजना :

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।–  भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना :
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।– (भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ ।

साथै, हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिका लिंकहरुको व्यवस्था गरिएको छ स्
१. दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :

२. पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :

३. आजीवन ९ीषभतष्mभ० डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :

४. नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :

 

यस सम्बन्धी थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९:५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९१०८/९८६६२९८५०६ मा सोझै सम्पर्क गर्न सक्ने क्यापिटलले जनाएको छ। थप जानकारीको लागि कम्पनीबाट पनि जानकारी लिन सक्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*