बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेललाई सङ्घीय मामिलाबाट सरुवा

२५ जेष्ठ २०८३, सोमबार १६:४१

काठमाडौं । नेपाल सरकारबाट अस्थायी रुपमा नियुक्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलको सरुवा भएको छ। सरकारले यस पटक १० जना सचिवको सरुवा गरेको छ ।

सरकारले बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेललाई सङ्घीय मामिलाबाट उपराष्ट्रपतिको कार्यालयमा सुरुवा गरेको हो । सङ्घीय मामिलामा उनको काममा असन्तृष्ट जनाउदै उनको सरुवा गराइएको बुझिएको छ।

सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव रहेकी चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

उपराष्ट्रपति कार्यालयमा रहेका डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ ।

पुस्करले ‘चेन अफ कमाण्ड’ मिचेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले गत बिहीबार ७ घण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

अर्थमन्त्रालयका राजश्व सचिव भुपाल बराललाई सरकारले उपत्यका बाहिर गण्डकी प्रदेशमा सरुवा गरेको छ । उनको सरुवाको कारण पुष्टी भइसकेको छैन । सम्भवतः करका दर सम्बन्धमा सूचना चुहिएको आशंका गरेर सरुवा गरिएको विश्वास गरिएको छ । यद्यपि स्वतन्त्र पुष्टी भइसकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*