अन्ततः निलम्वनमा परे सुरेन्द्र थापा, नेपाल पुनर्बीमा डुबाउने योजना चकनाचुर

२९ जेष्ठ २०८३, शुक्रबार १८:१०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कम्पनीका सिईओ सुरेन्द्र थापा अन्ततः निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीमा मासिक लाखौं रुपैयाँ तलव खाएर आफ्नै कम्पनी डुबाउन भूमिका खेल्दै आएका सुुरेन्द्र थापा आजदेखि निलम्वनमा परेका हुन् ।

थापाका विरुद्धमा नेपाल प्रहरीको सिआईबीले सम्पत्ति शुद्धिकरण कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरेसँगै थापा निलम्वित भएका हुन् । सिईओ थापाका विरुद्धमा सरकारी वकिलको कार्यालयले बयानको क्रममा भ्रष्टाचार र सेटिङका घटनाहरु थाहा छैन भन्दै पन्छिर आफ्नो जिम्मेवारी र दायित्वभित्रको काममा समेत जवाफ नदिएको र अपराधका घटना लुकाउन खोजेको भन्दै अभियोजन गरेको पाइएको छ ।

सिईओ थापाले सुलभ अग्रवाल र दिपक भट्टसँग मिलेर नेपाल पुनर्बीमा कम्पनीभित्र काम कारवाही गरेको आरोप समेत लगाउँदै निजले सम्पत्ति शुद्धिकरण निवारणमा कार्य गरेको आरोप लगाइएको छ । सिईओ थापा निलम्वनमा परेसँगै नेपाल पुनर्बीमा कम्पनी डुबाएर रातारात मालामाल बन्ने सपना चकनाचुर हुन पुगेको छ ।

स्मरणरहोस्, थापाले २०८२ असोज ३ गते पदबाट राजिनामा दिन्छु भन्दै सञ्चालक समितिको बैठकबाट उठेर भागेका थिए । पछि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएर आफ्नो ज्यानकै असुरक्षा भएकोले राजिनामा गर्छु भनेको, मेरो ज्यानको सुरक्षा पाउँ भन्दै लिखित निवेदन दर्ता गराएका थिए । त्यसरी जागिरमा फर्केपछि सुरेन्द्र थापाले कम्पनीलाई डुबाउन अनेकन षडयन्त्र गरेको प्रहरी छानविनमा पत्ता लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*