सात बीमा कम्पनीका सिईओको जागिर गयो, अभियोग दर्तासँगै निलम्वनमा

काठमाडौं । अबैध धन्दा गरेर पनि चुरीफुरी गर्दै, धाक धक्कु लगाउँदै हिड्ने सिईओहरुको जागिर चेट भएको छ । नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो बीमा घोटाला काण्डको छानविन गरी हिजो मुद्दा दर्ता गरेसँगै सात जना कम्पनीका सिईओको जागिर गएको छ । जागिरका लागि पुनर्बीमाको सिईओ भइसकेर पनि माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओ बन्न आएका चिरायु भण्डारी गार्डियन माइक्रो लाइफबाट निलम्वनमा परेका छन् ।
प्रहरीले दर्ता गरेको अभियोग पत्र अनुसार बीमा कसुरमा हिमालयन रिका सिईओ उपासना पौडेल, हिमालयन लाइफका कपिल दाहाल र नेपाल माईक्रो इन्स्योरेन्सका सिईओ मुगेन्द्र रिमाल निलम्वनमा परेका छन् । दाहाल हिमालयन इन्भेष्टमेन्ट बैंकर कम्पनीमा हिमालयन लाइफको तर्फबाट अध्यक्ष बन्न गएका थिए ।
त्यस्तै, धितोपत्र कसुरमा भने क्रेष्ट माईक्राकोबाट प्रतापमान सिंह, प्रोटेक्टिभ माईक्रोबाट नरेश रोक्का र लिवर्टी माईक्रोबाट राम यादव पनि मुद्दा दायरसँगै निलम्वनमा परेका छन् ।प्रहरीले गरेको बृहद अनुसन्धानको क्रममा बीमा कम्पनीका बोर्डदेखि सिईओसम्म निलम्बनमा परेसँगै जागिर गुमाएका छन् । बीमा कसुरमा तीन जना र धितोपत्र कसुरमा भने चार जना सिईओहरु परेका छन् । बीमा ऐन दफा १४० मा बीमा कसुरमा परेका सिईओको भने निलम्बन स्वत हुने व्यवस्था रहेको छ ।
सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेसँगै पुनर्बीमा कम्पनीसहित लघुबीमा कम्पनीका सिईओहरु स्वतः निलम्बनमा परेका हुन् । सात जनाले सफाई पाएको खण्डमा भने फर्किन सक्ने अवस्था रहेपनि हाललाई जागिर गएको छ । अब उक्त पदहरुमा नयाँ नियुक्ती हुनेछ ।
हिमालयन रि–की सिईओ उपासना पौडेल, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र नाथ रिमाल र गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी निलम्बन भएसँगै जागिर गुमाएका हुन्
उता, नेपाल पुनर्बीमा कम्पनीका सिईओ सम्पत्ति शुद्धिकरण मुद्दामा निलम्वनमा परेका छन् । यो संख्या समेत गरी कूल आठ जना सिईओ निलम्वनमा परेका हुन् ।












