स्थानिय निकायसँग सहकार्य गरी बीमाको पहुँच विस्तार गर्न अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

२६ जेष्ठ २०७९, बिहीबार १७:४७

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कम्पनीले बीमाको पहुँचलाई स्थानी स्तरसम्म पुर्याउनका लागि सम्झौता गरेको जनाएको छ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महताले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले नेपाल सरकारको बीमा निती अनुसार स्थानिय निकायसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*