सोल्टी होटलको संचालक परिवर्तन

२७ जेष्ठ २०७९, शुक्रबार ११:५५

काठमाडौं । सोल्टी होटल लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक परिवर्तन भएको जनाएको हो ।

कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भइ संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक गणेश बहादुर चन्दको सट्टामा सो निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई वैशाख २ गतेदेखि लागू हुनेगरी मनोनयन गरी पठाइएको थियो ।

सोही अनुसार उक्त मितिदेखि नै लागू हुनेगरी कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले अनुमोदन गरी अधिकारीलाई सोल्टी होटलको संचालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*