एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

२ असार २०७९, बिहीबार १४:१८

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । यी दुवै कम्पनीको साधारण सभाले एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

दुई कम्पनी एक आपसमा मर्जभएपछि आज पारित गरेको उक्त प्रस्ताव नियमक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात् ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स १००ः८५ को स्वाप रेसियोमा मर्ज भएका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेछ ।

यी दुवै कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने सहमति भएको थियो । दुवै कम्पनीका अधिकारीले मर्जरमा जाने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए ।

नियमक निकाय बीमा समितिले जिर्जिबन बीमा कम्पनीहरुको चुक्तापुँजी चैत मसान्तभित्र न्युनतम २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएबमोजिम हिमालन जनरल र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभिने निर्णयमा पुगेका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरुको पुँजी बृद्धि सम्बन्धी निर्देशन बमोजिम मर्जर प्रक्रियालाई नेपालको बीमा क्षेत्रकै पहिलो मर्जरको रुपमा लिएको छ । सो मर्जरबाट कम्पनीको चुक्तापुँजी बृद्धि हुने र जोखिम बहन क्षमता अभिबृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

बीमा समितिले पुँजी बृद्धिको योजना ल्याएपछि दुवै कम्पनीले हकप्रद शेयर निष्काशन नगरी मर्जरमा जाने बाटो रोजेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*