रवि लामिछानेले असार ७ गतेबाट पत्रकारिता छोड्ने घोषणा गर्दै, अबको यात्रा राजनिति

२ असार २०७९, बिहीबार १५:४२

काठमाडौं । पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकारिता क्षेत्र औपचारिक रुपमा छोड्ने घोषणा गर्ने भएका छन् । अमेरिकाबाट नेपाल फर्केपछि २०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल टिभीबाट प्रत्यक्ष संवाद कार्यक्रम चलाएर टेलिभिजन कार्यक्रममा प्रवेश गरेका लामिछानेले करिब छ वर्षपछि पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

उनी निकट स्रोतका अनुसार आगामी असार ७ गते राष्ट्रिय सभामा कार्यक्रम गरेर पत्रकारिता छोेडेको घोषणासँगै राजनीतिमा प्रवेशको घोषणा गर्दैछन् । लामिछानेले सो दिन आगामी संघीय निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने घोषणा गर्नेछन् । आगामी निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट उम्मेदवारी बन्न पत्रकारिता छोड्न लागेका हुन् ।

लामिछानेले भने सो विषयमा औपचारिक रुपमा जानकारी दिएका छैनन् । लामिछानेले काठमाडौंमा चुनाव लड्ने घोषणा गरेमा संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस एमाले लगायतका दलहरुलाई गम्भिर चनौति हुनेछ । काठमाडौं माओवादी केन्द्रको खासै उपस्थिति नरहेकोले कांग्रेस र एमालेलाई बालेनले झै चुनौति दिने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*