एभरेष्ट इन्स्योरेन्सको साधारणसभामा कुटाकुट, महानगरिय प्रहरी वृत्तमा उजुरी

२ असार २०७९, बिहीबार १७:१०

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज सम्पन्न भएको विशेष साधारणसभामा शेयर होल्डरबीच कुटाकुट भएको छ । बिहीबार भएको विशेष साधारण सभामा सामान्य कुरामा आफूलाई कुटाकुट भएको उक्त सभामा उपस्थित एक सर्वसाधारण प्रतिनिधिले बीमापोष्टलाई बताएका छन् ।

हिमालयन जनरल इन्स्योरेन्समा मर्जरमा जाने सम्बन्धी प्रस्ताव राखेर बोलाइएको विशेष साधारणसभामा सर्वसाधारण शेयर होल्डर शिव प्रसाद पौडेल र डमरु वल्लव घिमिरेबीचमा झगडा भएको प्रत्यक्षदर्शीले बताए । शत्रुघन श्रेष्ठले आफूलाई कुटपिट गराइएको आरोप लगाएका छन् । कम्पनीको विशेष साधारणसभा स्थलमा सो घटना घटेको हो । अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाको झगडा महानगरीय प्रहरी वृत्त कमलपोखरीसम्म पुगेको छ ।

शेयरधनी शत्रुघन श्रेष्ठलाई कुटेको भन्दै प्रहरी वृत्त मालिगाउँमा उजुरी समेत दिएका छन् । साधारणसभाभित्रै कुटिएका श्रेष्ठले आफूसँग भएको रकम हराएको र मोबाईल फुटाइएको तथा शरीरमा घाउचोट लागेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*