५ सय रुपैयाँले महंगियो सुनको भाउ

३ असार २०७९, शुक्रबार ११:१५

काठमाडौं । शुक्रबार सुनको भाउ महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

बिहिबार छापावाला सुन तोलाको ९७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*