काठमाडाैं महानगरकी उपमेयर डंगाेलद्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण

४ असार २०७९, शनिबार १५:१२

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगाेलले क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण गरेकी छिन् । साे क्रममा उपमेयर डंगाेलले काठमाडाैं महानगरभित्रका सबै अस्पताललाई सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरेकी छिन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा रहेकाे अक्सिजन प्लान्ट अवलाेकन गर्दै उपमेयर डंगाेलले क्षत्रपाटी निःशुल्क चिकित्सालयले सरल र शुलभ रूपमा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेकाेमा खुशी व्यक्त गरिन् ।

 

कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनाेजमान श्रेष्ठले काठमाडाैं महानगरपालिकाले विगतदेखि नैq सहयाेगq गर्दै आएकाे र आगामी दिनमा पनि आर्थिक भाैतिक सहयाेग जारी राख्ने विश्वास व्यक्त गरे ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*