राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णचन्द्र काफ्ले नियुक्त

५ असार २०७९, आईतवार ११:११

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक सदस्यमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा काफ्लेलाई कम्पनीको संचालक सदस्यमा चयन गरेको हो ।

अर्थ मन्त्रालयको उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा मन्त्रालयको तर्फबाट संचालक सदस्यमा मनोनय गरी पठाएकोमा कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले उनलाई चयन गरेको हो ।

काफ्लेले सो बैठकमा पद तथा गोपनियताको सपथ ग्रहथ समेत गरिसकेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*