अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सिजी ब्राण्ड

५ असार २०७९, आईतवार ११:४३

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सि.जी. ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।

ई.सं. २००५ देखि सि.जी.ले टेलिभिजन र डि.भि.डिहरु आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु ग¥यो । आफ्नै देशमा बनाउने हुनाले सि.जी. मा नेपालीपन झल्किन्छ । सफलता पुर्वक सि.जी.ले आफ्ना सामाहरु बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सि.जी.ले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गयो । जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, ए.सी., साना घरायसी सामानहरु, सि.एफ.एल. बल्भ, एल.ई.डि. टि.भी., एल.ई.डि. लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् । छोटो समयमा नै सि.जी.ले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भयो ।

नेपालको एक मात्रै आई.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सि.जी. ब्राण्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सि.जी. ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ ।

नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरभवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सि.जी. अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सि.जी. ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य रहेको छ ।

आफ्नो लगनशिलता र अथक मेहनतको साथ सि.जी. ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हल सि.जी.मा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन् । यी सामानहरु विक्री वितरण गर्न सि.जी.ले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ ।

नेपाल भरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सि.जी. सँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहक महानुभावहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सि.जी.का सामानहरु उचित मुल्यमा गुणस्तर युक्त भएकै कारण आज सफल भएको छ । सि.जी. ब्राण्ड सफल हुनुमा सि.जी.का सम्र्पुण डिलरहरुलाई र सि.जी. सँग अबद्ध रहेर काम गर्नेहरुलाई नै सि.जी. आफ्नो सफलताको करक मान्दछ ।

त्यस्तै, सि.जी. ले हाल सम्म आफ्नै नेपालभरि १३ ओटा डिजिटल सोरुमहरु पनि खोलिएको छ । जहांबाट ग्राहकरुले सि.जी.का कुनै पनि इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सक्नेछन् । सि.जी. बाण्डको बारेमा बृस्तित रुपमा जानकारी लिनको लागि सि.जी.ले आफ्नो छुट्टै www.cginspiringlife.com नामक वेभसाइट पनि बनाएको छ । जहां बाण्डको बारेमा मात्र नभई सामानहरुको विशेषता, यसको मूल्य, रंग, साईज आदि जस्ताको बारेमा सम्पूर्ण जानकारी दिईएको छ ।

सि.जी. ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सि.जी.ले सि.जी. ब्राण्डमा सिग्नेचर सिरिज “सि.जी. मेरिडिया” ल्याएको छ । यो सिरिजमा टि.भी., वासिङ मेसिन, ए.सी., रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आईसकेका छन् भने, अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको छ । यी प्रोडक्टहरु देख्दा निकैनै आकर्षक र यसमा विशेषताहरु पनि निकैनै आकर्षक रहेको कारण यी प्रोडक्टहरुलाई सि.जी.ले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ । अब नेपालीहरुले यी प्रोडक्टहरुको प्रयोगहरुबाट अन्तराष्ट्रिय ब्राण्डको अनिभुति प्रप्त गर्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*