इसेवाले ल्यायो ५५ मिनेटको धमाका अफर, अकाउन्ट लिंक गर्दा क्यासब्याक

५ असार २०७९, आईतवार १२:०६

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकले नयाँ अफर सार्वजनिक गरेको छ । इसेवाले आफ्ना ग्राहक तथा एप प्रयोगकर्तालाई थप सुविधा दिने हेतुले ‘ ५५ मिनेटको धमाका अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक अकाउन्ट लिंक गरि कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । आइतबार बिहान ५ बजेदेखि साँझ ५ः५५ सम्म अकाउण्ट लिंक मार्फत कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ । इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*