युएईका राजकुमारले ल्याएको लौरो सुन भेटिएन, भन्सार कार्यालयमा देखिएको थिएन सुन

५ असार २०७९, आईतवार १२:४४

काठमाडौं । युएईबाट नेपाल भ्रमणमा आएका राजकुमार शेख मोहम्मद विन मोक्तोउम जुमाला विन मक्तोउमले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दिएको भनिएको लौरो सुनको नभएको हुनसक्ने देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त लौरो सुनको भएको कुनै प्रमाण फेला पर्न नसकेको हो । विमानस्थलमा उनको सबै सामान स्क्यान गरिएको तर सो क्रममा मेशिनमा लौरोमा सुन भनेर ट्रेस नगरिएको जनाएको छ । झापा आएका राजकुमार मक्तोउमले शनिबार भद्रपुर विमानस्थलबाट उत्रिएपछि प्रसाईंलाई लौरौ दिएका थिए । त्यो लौरोलाई ‘सुनको’ भन्दै भन्सार छली लगायतका विषयमा चर्को विरोध भइरहेको छ ।

सामाजिक सञ्जालमा उच्च कुटनीतिक मर्यादाका राजकुमारमाथि समेत आलोचना भइरहेको बेला लौरो सुनको नभएको हुनसक्ने तथ्य बाहिर आएको हो । तोकिएको परिमाणभन्दा बढीको सुन विमानस्थल भन्सारबाट कसरी बाहिरियो भन्ने प्रश्न उठेपछि कार्यालयले अनुसन्धान थालेको र प्रारम्भिक रुपमा अध्ययन गर्दा सुनको नभएको पत्तो लागेको जनाइएको छ ।

प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार भन्सारबाट सबै प्रक्रिया पूरा गरेरै मक्तोउमको टोली भद्रपुर उडेको थियो । ‘राजकुमारको टोलीमा उहाँसँगै सुरक्षाकर्मीहरू पनि थिए, उहाँहरूको सरसामान बकाइदा चेकजाँच भएको छ,’ भट्टराईले नवपथसँग भने, ‘हाम्रो एक्सरे मेसिनले सुन देखाएको छैन ।’
‘राजकुमारको टोलीमा उहाँसँगै सुरक्षाकर्मीहरू पनि थिए, उहाँहरूको सरसामान बकाइदा चेकजाँच भएको छ,’ भट्टराईले भने, ‘हाम्रो एक्सरे मेसिनले सुन देखाएको छैन ।’

राजकुमार मक्तोउम शनिबारदेखि तीन दिने भ्रमणमा झापामा छन् । बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंको निमन्त्रणामा आएका प्रसाईं पोखरासम्म भ्रमणमा जाने कार्यतालिका छ ।

दुबईका खर्बपति राज कुमार जुमाला शाही परिवारको लगानी रहेको एमबिएम ग्रुपका अध्यक्ष समेत हुन् । उक्त कम्पनीले हवाई जहाज, पानी जहाज, स्वास्थ्य शिक्षा, पर्यटन क्षेत्रमा लगानी छ । नेपाल समेत लगानी गर्ने उद्देश्यले आएको राजुकमार जुमालाको सरकारी तहबाटै हुर्मत लिने र भ्रमणमाथि नै प्रश्न चिन्ह उठाउने कार्यले नेपालको पर्यटन कसरी हुन्छ ? प्रश्न चिन्ह उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*