नेपाल आयल निगमले इन्धनको मूल्य घटायो, कुनको मूल्य कति ?

२४ पुष २०७९, आईतवार २०:४६

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर ९करिब प्रतिलिटर ३० रुपैयाँ० घटेको निगमले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*