दिन दिनै बढ्दै सुनको मुल्य, एक तोला खरिद गर्दा १ लाख ३ हजार ९ सय रुपैयाँ खर्चिनुपर्ने

२५ पुष २०७९, सोमबार १०:५२

काठमाडौं । आइवारको दिन सुनको मुल्य तोलामा ६ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य १ हजार रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोे १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*