नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि, यस्तो सुविधा लिन सकिने

२८ पुष २०७९, बिहीबार १४:३१

काठमाडौं । नेपाल टेलिकमले आज (पुस २८ गते) देखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई एक सय ९९ देखि छ सय ९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । यस अफरअन्तर्गत ६ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा दैनिक एक जीबी, दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*