चैत ५ गते स्ववियुको निर्वाचन गर्ने त्रिविको निर्णय

२८ पुष २०७९, बिहीबार १६:५३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन हुने भएकाले पुर्व तयारी गर्न निर्देशन दिएको छ ।

सबै विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो ।

 

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*