मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

२९ पुष २०७९, शुक्रबार १३:१८

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स सो प्रतिशतले बृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको यसै अवधिसम्म वैदेशिक रोजगारमा जानेको संख्या घटेसँगै रेमिट्यान्स समेत घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*