ब्याजदर अझै घटाउने अर्थमन्त्री पौडेलको उद्घोष, साना तथा मझौला उद्योगलाई सस्तो ब्याजमा ऋण दिइने प्रतिबद्धता

९ माघ २०७९, सोमबार ११:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चर्को ब्याजको मारमा परेका लगानीकर्ताहरुलाई राहत दिन ब्याजदर अझै घटाउने उद्घोष गरेका छन् । यही माघ महिनाबाट सामान्य अंकले घटेको ब्याजदर अझै घटाउने अर्थमन्त्री विष्णु पौडेलले उद्घोष गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एसएमईज सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर अझै घटाउने बताएका हुन् ।

निजि क्षेत्रसँग दरिलो सहकार्य गर्ने बताउँदै आएका अर्थमन्त्री पौडेलले आफू मन्त्रालयमा जिम्मेवारी सम्हाले लगत्तै चालू पुँजि कर्जा, आयातको नगद मार्जिन र आयात प्रतिबन्ध जस्ता समस्याको आफुले समाधान गरेको बताउँदै ब्याजदर अझै घटाउने बताएका छन् । मन्त्री पौडेलले राष्ट्र बैंकको स्वायत्ततालाई आफूले हस्ताक्षेप नगर्ने प्रष्ट पार्दै ब्याजदरको निर्णय हुने बताए ।

 

कार्यक्रममा मन्त्री पौडेलले अर्थतन्त्रमा समग्र उद्योगको योगदान मध्ये ९० प्रतिशत हिस्सा लघु घरेलु तथा साना उद्योगको रहेको बताउँदै सो अनुरुप साना उद्योगहरुले सहुलियत सुविधा नपाएको बताए ।

मन्त्री पौडेलले उद्योगलाई सहज वित्तीय पहुँच र कम ब्याजदरमा ऋण दिने प्रतिबद्दता व्यक्त गरेका छन् । मन्त्री पौडेलले देशको ठूलो हिस्सा योगदान गर्ने साना उद्योगहरुलाई आगामी दिनमा थप उपेक्षित हुन नदिने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा जारी कार्यक्रममा घरेलु तथा साना उद्योगका बारेमा विभिन्न कोणबाट छलफलहरु हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*