राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीन बहादुर श्रेष्ठ नियुक्त

९ माघ २०७९, सोमबार १४:१५

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् ।

आजै राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मीनबहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ’प्रचण्ड’ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डा.श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त श्रेष्ठले आजै कार्यभार सम्हालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*