सुनको मुल्यले बनायो नयाँ किर्तिमान, एक तोला खरिद गर्न १ लाख ६ हजार ३ सय खर्चिनुपर्ने

१० माघ २०७९, मंगलवार ११:०१

काठमाडौं । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमवार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवारको दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*