एनआरएनएका अध्यक्ष कुँवरको केएमईले पायो अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता

१० माघ २०७९, मंगलवार ११:१०

काठमाडौं । दक्षिण कोरियामा नेपाली युवा सफल व्यवसायी विनोद कुँवरले संचालन गरेको केएमई कम्पनी लिमिटेड (केएमई ट्राभल्स एण्ड टूर) ले अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) यो मान्यताको प्रमाणपत्र दिएसँगै केएमईले १५० भन्दा बढी देशमा हवाई यातायात सेवा गर्न पाउने भएको छ ।

कोरोना महामारीको कारण कोरियामा अलपत्र परेका नेपालीहरुको उद्दारसँगै सेवा सुरु गरेको केएमईले हवाई उडान व्यवस्थापन, कार्यदक्षता, विश्वसनीयतासँगै आईएटीएको नियम पालना गरेकोले मान्यता पाएको हो । केएमई कोरियामा नेपालीको लगानी रहेको र अन्तर्राष्ट्रिय हवाई सेवा यातायातको मान्यता पाउने पहिलो कम्पनी हो ।

गैर आवसीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष समेत रहेका सफल व्यवसायी कुँवरले संचालन गरेको ट्राभलले दक्षिण कोरिया र नेपालमा छोटो अवधिमा हवाई एजेन्सीको रुपमा स्थापित भएको छ । केएमई ट्राभल्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो थप सेवा विस्तार गर्ने कुँवरले बताए ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) अन्तर्राष्ट्रिय वायु सेवाहरूको उद्योग व्यापार समूह हो । क्यानाडाको मोन्ट्रियलमा प्रधान कार्यालय रहेको संघले वायु सेवा उद्योगको सेवा र टेवा पुर्याउदै आएको छ ।

आईएटीएले २३० वायु सेवा निगमको प्रतिनिधित्व गर्दै आएको छ । अन्तर्राष्ट्रिय हवाई यातायातको ९३ प्रतिशत ओगटेको संघले १५० भन्दा बढी देशमा सेवा दिँदै आएको छ । आईएटीएले हवाई भाडादर निर्धारण र हवाई नीति तयार पार्दै आएको संघका विश्वभरी १०१ कार्यालय छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*