भाटभटेनीका मिन बहादुर गुरुङदेखि पवन गोल्यानसम्मलाई लाग्न सक्छ आत्महत्या दुरुत्साहन मुद्दा

११ माघ २०७९, बुधबार ०८:१८

काठमाडौं । मंगलबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा एउटा हृदयविधारक घटना देखियो । इलाम पञ्चकन्याका ३६ बर्षिय प्रेम प्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डकै अगाडि आफ्नै शरिरमा आगो लगाएर जिउँदै जल्ने प्रयत्न गरे । त्यसा गर्नुअघि उनले १३ हजार शब्दको दस्तावेज फेसबुकबाट सार्वजनिक गर्र्दै देशमा बढ्दो भ्रष्टाचार, लूटतन्त्र, सेटिङ र माफियाको जालोको श्रृंखला सार्वजनिक गरे ।

प्रेम प्रसाद आचार्य यतिबेला गम्भिर अवस्थामा कीर्तिपुरस्थित बनिङ सेन्टरमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था जे जस्तो भएपनि आत्महत्या प्रयासका पछाडि उनले देशको वर्तमान अवस्था मात्रै नभएर नेपालमा चर्चित भाटभटेनी सुपरमाार्केटका मालिक मिन बहादुर गुरुङ, बिग मार्टका सुपर मार्केट तथा पवन गोल्यानको गोल्यान एग्रोबाट आफू नराम्ररी प्रताडित भएको उल्लेख गरेका छन् ।

आफैले आफैलाई आगो लगाएका उनले पेट्रोल खन्याएर मध्य शहरमा हुरहुरी आगो लागेको थियो । आगो लगाउनु अघि लेखेको सुसाइड नोटमा उनले नेपालका चर्चित उद्योगी मिन बहादुर गुरुङदेखि पवन गोल्यानलगायतका व्यापारीहरुले समेत बाँच्नै नसक्ने अवस्था सिर्जना गरेकोले जीवन अन्त्य गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

अभिवक्ता स्वागत नेपालले कुनै पनि व्यक्तिले आत्महत्याको प्रयास गर्नुअघि गरेको बयानका आधारमा उक्त बयानमा उल्लेख भएका व्यक्तिहरुका विरुद्धमा आत्महत्या दुरुत्साहनमा मुद्दा लाग्ने बताएका छन् । सबै मिलेर युवा व्यवसायीहरुलाई बाँच्नै नदिने अवस्था सिर्जना भएको अवस्थामा त्यस्तो कार्यमा संलग्न नेपालमा माफिया, व्यापारी, दलाल, ठेकेदार र राज्य संयन्त्रका उपर कानुनी कारवाही गर्नुपर्ने आवाज चर्र्को रुपमा उठेको छ । प्रेम आचार्यले हाल नेपालका ९० युवा यद्यमीहरुले भोगेको जीवन भोगाईको दस्तावेजीकरण गरेका थिए । २६ पृष्ठ लामो १३ हजार शब्दको सो बयान अनुसार मुद्दा चलेमा नेपालमा नाम चलेका धेरै व्यापारीहरु जेल जाने निश्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*