सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
११ माघ २०७९, बुधबार १०:५८

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात् बुधबार नेपाली बजारमा सुनको मूल्य थोरै घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलवारको दिन तोलामा १ हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलवारको दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य मंगलबारको दाजोमा स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।