गैर कानुनी रुपमा भवन बनाउने क्रम बढ्दै, कसरी पास भयो डिल्लीबजारस्थित केएल कम्प्लेक्सको नक्सा ?

११ माघ २०७९, बुधबार ०८:४७

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकामा मेयर बालेन साहको चर्चा र उनले गरेका कामहरुको निकै राम्रो प्रसंशा पाइरहेका छन् । तर, पछिल्लो समय महानगरपालिकाबाट भएका गैर कानुनी नक्सापास बारे स्वयम् महानगरपालिका आफै बेखवर झै देखिएको छ ।

प्रसंग हो, काठमाडौं महानगरपालिका अन्तर्गतको डिल्ली बजार हाइटमा रहेको केएल कम्प्लेक्सको । निर्माण व्यवसायी केशवराज कँडेलले निर्माण गरेको घरको नक्सा काठमाडौं महानगरपालिकाबाट पास भएको छ । तर, उक्त नक्सा पास शंकास्पद रहेको छ । भवन बनाउँदा पूरा गर्नुपर्ने एफएआर रेसियो पूरा नगरी बनाएका कारण छिमेकीहरुले समेत सहमत नभएको बुझिएको छ ।

काठमाडौं महानगरपालिकाको नक्सा शाखाका अनुसार उक्त भवनको नक्सा पास गरेरै निर्माण गरिएको छ । तर, कसरी नक्सा पास भयो अर्को प्रश्न उठेको छ ।

वर्तमान मेयर बालेन साह नक्सा पास बिनाका घर तथा भवनहरुलाई कडा नियमन गर्दै भत्काउँदै हिडेका छन् । मेयर बालेन साह निर्वाचित हुनु अघि नै शंकास्पद तरिकाले नक्सा पास भएको सो भवनको सम्बन्धमा छानविन हुनुपर्ने स्थानीयबासीको माग छ ।

भवन निर्माता केशवराज कँडेलले भने आफूले मापदण्ड अनुरुप एफएआर रेसियो पुरा गरी अगाडि पर्याप्त ठाउँ राखेर भवन निर्माण गरिएको बताए । उनले भने, ‘मैले नियम अनुसार मापदण्ड पुरा गरेर काठमाडौं महानगरपालिकाबाट नक्सा पास गरी, नक्सा बमोजिम नै घर बनाएको हुँ यसमा कुनै अन्यथा छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*