सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम, एक तोला सुन खरिद गर्न १ लाख ७ हजार ५ सय रुपैयाँ खर्चिनुपर्ने
१९ माघ २०७९, बिहीबार ११:०१

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
पछिल्लो समय सुनको मूल्यमा निरन्तर बढोत्तरी हुदै आएको छ । बुधबार प्रतितोला एक लाख ६ हजार ३०० र तेजाबी सुन एक लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।












