भ्रष्टाचारी र माफियाको दवावपछि राजश्व विभागका मदन दाहालको सरुवा

१९ माघ २०७९, बिहीबार ११:३५

काठमाडौं । भ्रष्टाचार र सुशासनको पक्षमा वकालत गरेको प्रचण्ड नेतृत्वको नयाँ सरकारले पहिलो चरणमै भ्रष्टाचारी र माफियाको पक्षमा आफ्नो काम अघि बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २६ जना सह सचिवहरुको सरुवा गरेको छ । उक्त सूचिमा राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल समेत रहेका छन् ।

दाहाललाई पूर्ववर्ती माओवादीबाट मन्त्री बनेका जनार्दन शर्माले चार महिना अघि मात्रै राजश्व विभागमा पठाएका थिए । राजश्व विभागमा रहेर केही ठूला कम्पनीहरुको राजश्व छली सम्बन्धी फाइल खोलेका थिए । सो मध्येमा नेपालका नाम चलेका केही बैंकहरुको समेत फाइल रहेका छन् । त्यसरी फाइल खोल्ने वित्तिकै मदन दाहालको सुरुवा गरिएको चर्चा अर्थमा चलिरहेको छ ।

उता, यसअघि जनार्दन शर्माको पालामा भ्रष्टाचार र सेटिङलाई साथ दिने रमेश कुमार केसीको पनि वित्तीय महाशाखाबाट सरुवा भएका छन् । केही भ्रष्टाचारी र माफियाका लागि काम गर्ने कर्मचारीहरुको सरुवा जायज भएपनि राजश्व अनुसन्धान विभागमा कार्यरत दाहालको सरुवा भने माफिया र भ्रष्टाचारीले प्रधानमन्त्री प्रचण्डसँग कसरी पहुँच स्थापित गरेर सरुवा गराए ! भन्ने आश्चर्यको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*