एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।