२ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

२२ माघ २०७९, आईतवार ११:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन (आइतबार) सुनको २ हजार रुपैयाँले मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*