स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दिए राजीनामा

२४ माघ २०७९, मंगलवार २०:३६

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा।उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्। डा उप्रेतीले मन्त्री समक्ष राजीनामा पत्र बुझाउनु भएको छ, मन्त्री निकट स्रोतले भन्यो, उहाँको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने हुन्छ। मन्त्रीज्यूले पत्र बुझ्नु भएको छ।

डा .उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए।

राजीनामाका विषयमा डा उप्रेतीसँग जिज्ञासा राख्दा उनले परिस्थितिको उपज भएको प्रतिक्रिया दिए। उनले यस विषयमा थप कुराकानी गर्न भने चाहेनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*