क्यान इन्फोटेक मेलामा र्याकेट इभेन्ट फुडमाण्डुको फुडस्टल, स्वस्थकर खाजादेखि कफीसम्म

२७ माघ २०७९, शुक्रबार १३:२४

काठमाडौं । पौष्टिक आहारसहितिको स्वास्थ्यवद्र्धक, स्वस्थकर खाना तथा गुणस्तरीय बार सेवा प्रवाह गर्दै आइरहेको कपनस्थित रकेट इभेन्टले काठमाडौंको भृकुटीमण्डपस्थित क्यान मेलामा फुडस्टल सञ्चालन गर्दै आइरहेको छ ।

र्याकेट इभेन्ट र फुडमाण्डुले सञ्चालन गरेको क्यान मेलाको फुडकोर्टमा गुणस्तरीय खाना र खाजाको सुविधा रहेको छ । यस वर्षको क्यान मेला अवलोकन गर्न उपस्थित भएका अवलोकनकर्ताहरुले भृकुटीमण्डपको मेलास्थलमै गुणस्तरीय खाजा, नास्ताको सुविधा पाइरहेका छन् ।

र्याकेटकी म्यानेजिङ डाइरेक्टर दीपा मैनालीले क्यान मेलामा गुणस्तरीय खाना, खाजा सुविधा रहेको बताए । क्यानको मेलास्थलमा भिआईपी लन्ज समेत सञ्चालन गरेको र्याकेटले यस्तै इभेन्टहरु आयोजना गर्दा उत्कृष्ट फुडकोर्ट सञ्चालन गर्ने नीति रहेको रकेटका निर्देशक मैनालीले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*