चौथौ दिन क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताको घुईचो (फोटो सहित)

२७ माघ २०७९, शुक्रबार १९:२७

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औँ संस्करण बुधबारदेखि शुरू भएको छ ।कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासंघको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रूपमा क्यान इन्फोटेक आयोजना गरिएको आयोजकले जनाएको छ । क्यान इन्फोटेक आगामी ५ दिनसम्म चल्नेछ ।

क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतलाई राखिएको छ ।

 

तस्वीरः

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*