सवारी साधन बिलासिताका बस्तु रहेन, अत्यावश्यक भइसक्योः अर्थमन्त्री पौडेल
२७ माघ २०७९, शुक्रबार १९:४३

काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सवारी साधन आम जनताको जीवनको अत्यावश्यक बस्तु भएको बताएका छन् ।नाडा अटो मोबाइल्स अफ नेपालको ४६ ओैं बार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मोबाइल जस्तै सवारी साधन पनि मानवको दैनिक जीवनको अभिन्न अंग बनिसकेको बताउँदै सरकार सवारी साधनको गुणस्तरीयता ध्यान दिन आह्वान गरे ।
मन्त्री पौडेलले सरकार विद्युतिय सवारी साधनहरूको प्रयोगमा प्रोत्साहन गर्ने पक्षमा रहेको बताउँदै विद्युतिय सवारी आयातको नाममा थोत्रा सवारी साधनको डम्पिङ साईट हुन नदिने पक्षमा सरकार सचेत रहेको बताए ।












