प्रविधिमैत्री लमी एस्टर क्लिकप्रति युवाहरुको आकर्षण, चार इन्जिनियरहरुले दुई बर्ष अनुसन्धान गरेर ल्याएको सुरक्षित डेटिङ एप

काठमाडौं । प्रेमिल जोडीको महोत्सव भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । यसै अवसरमा ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रेमिल जोडीसँग नै सम्बन्धित स्टल राखिएको छ । करिब एक सातासम्म चलेको मेलामा डेटिङ एप एस्टर क्लिकमा अवलोकनकर्ताके भिड बढी नै हुन्छ ।
प्रविधिमैत्री लमी एस्टर क्लिक नामक उक्त एपले बिहे गर्ने उमेरका युवाहरुलाई आफू सुहाउँदो जोडी खोज्न मद्दत तथा कुरा गर्ने साथी खोज्न मद्दत गर्छ।अमेरिका बसेर नेपाल फर्किएका विजयराज ढुंगेल यस एपको कन्सेप्ट डेभलपर हुन्। नेपालमै केही गर्ने सोच बनाएका उनले यस एपको कन्सेप्ट ल्याएका थिए ।
करिब २४ महिनाको अनुसन्धान पश्चात् यस एपको प्रतिपादन भएको हो । प्रविधिलाई सहि सदुप्रयोगत गर्ने हेतुले ल्याएको यस एपमा सुरक्षाको माध्यमलाई मजबुत बनाएको छ।विजयराजलाई डेभलप्मेन्टसँगै लगानीमा दीपेशले सहयोग गरेका छन्। दीपेश कम्प्युटर इन्जिनियर हुन्।

२००६ देखि नै उनले आईटी कम्पनी खोलेका थिए। पछि क्याम्पसमा आईटी लेक्चरर्स भए।मेलामा पुगेका युवा वर्गहरुले स्टलमै एस्टर क्लिक डाउनलोड र साइनअप गरिरहेका छन् । एप डेभलपर दिपेश न्यौपानेका अनुसार आजसम्ममा करिब १ हजार भन्दा बढीले एप डाउनलोड गरिसकेका छन् । आधुनिकतासँगै समाजमा प्रविधिको हस्तक्षेप उत्तिकै बढ्दो छ। एस्टर यसैको एक उदाहरण हो।
पहिले पहिले वरवधु खोज्ने काम लमीकै हुन्थ्यो । तर इन्टरनेटको बढ्दो प्रयोगसँगै लमीको काम अब एस्टर क्लिकजस्तै अन्य एपहरुले गर्न थालिसकेका छन् ।नयाँ पुस्तालाई ‘लमीको चलन’मा भन्दा आफैँ आफ्नो जीवनसाथी खोज्न सहयोग गर्ने एप नै प्रिय लाग्न थालेको छ।
‘लमीको इच्छामा आफूलाई मन नपरेको जोडीसँग पनि विवाह गर्न बाध्य हुन्थे’, एस्टरका न्यौपाने भन्छन्,‘समाज परिवर्तन हुँदै छ। मानिसहरुको अधिकांश समय अनलाइनमा बित्नथालेको छ।अनलाइनको भीडबाट बच्ने र साइबर सुरक्षा जोखिमबाट पनि जोगिन डेटिङ एप ल्याएका हौँ।’
सुरुमा डेटिङ शब्द नेपालीले सहज नलिए पनि त्यसमा भिज्दै गएको उनको भनाई छ । उनी भन्छन्– ‘सुरुमा डेटिङ भन्ने वित्तीकै गलत अर्थ बुझेपनि धेरै पछि त्यसमा बानी हुँदै जान्छन् र भिज्दै जान्छन् । यो एप धेरै सुरक्षित छ किनकी मेरा घर परिवारमा सबै जोडिसकेका छन् ।’
एस्टर क्लिकले मानिसहरुलाई आफूले खोजेको जस्तो जोडी खोजिदिन्छ । उमेर, धर्म र देशको आधारमा एस्टर क्लिकले मानिसलाई जोडी खोज्न सहयोग गर्छ। एपमा जोडी खोज्न जानेले एक अर्काको प्रोफाइल हेरेर कुराकानी गर्न सक्छन्। कुराकानीबाट जोडी बन्न चाहे ‘क्लिक’ हुन्छन्।
डेभलपर न्यौपानेका अनुसार धेरै डेटिङ एपमा अश्लीलता फैलिएको सुन्न पाइन्छ तर एस्टर क्लिकमा कसैले अपशब्द प्रयोग गर्न मिल्दैन। अपशब्द लेखेर पठाएको म्यासेज डिलिट हुने उनी बताउँछन्। उनी भन्छन्, ‘नराम्रो व्यक्ति पहिले नै थाहा भैहाल्छ ।’
पहिले पहिले वरवधु खोज्ने काम लमीकै हुन्थ्यो। तर इन्टरनेटको बढ्दो प्रयोगसँगै लमीको काम अब एस्टर क्लिकजस्तै एपहरुले गन थालेका छन्।नयाँ पुस्तालाई ‘लमीको चलन’मा भन्दा आफैँ आफ्नो जीवनसाथी खोज्न सहयोग गर्ने एप नै प्रिय लाग्नथालेको छ। ‘लमीको इच्छामा आफूलाई मन नपरेको जोडीसँग पनि विवाह गर्न बाध्य हुन्थे’, एस्टरका विकासकर्ता दीपेश न्यौपाने भन्छन्, ‘समाज परिवर्तन हुँदै छ। मानिसहरुको अधिकांश समय अनलाइनमा बित्नथालेको छ।’हुन त फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको अनलाइन दुनियाँ पनि ठूलै छ तर जोडी खोज्नेलाई भने यिनै एपले एकोहोयाइरहेका छन्।
‘असन इन्द्रचोकमा जाँदा भीडको पछि लागेर हिँड्नुपर्छ। जोगिनै गाह्रो’, एस्टर ल्याउनुको कारणबारे उनी भन्छन्, ‘अनलाइनको भीडबाट बच्ने र साइबर सुरक्षा जोखिमबाट पनि जोगिन डेटिङ एप ल्याएका हौँ।’
उनले भनेजस्तै सामाजिक सञ्जाल पछिल्लो समय असुरक्षित भइरहेका छन्। त्यसकारण मानिसहरु सुरक्षित नेटवर्क एकीन गरेर मात्र चलाउँछन्। सुरुमा डेटिङ शब्द नेपालीले सहज नलिए पनि त्यसमा भिज्दै गएको दीपेशको बुझाइ छ।स्टर क्लिकले मानिसहरुलाई आफूले खोजेको कस्तो जोडी हो, उमेर कति हो, कस्तो देखिन्छ, गोत्र, पढाइ, बानी व्यहोरा सबै एपबाटै जानकारी दिन्छ।
नेपाली समाजअनुकूलको यो एपमा खानेकुराको रुचि, शाकाहारी÷मांसाहारी (भेज/ननभेज), मदिरापान, धूमपानको बानीलगायतका सबै विषय खुलाइदिन्छ।उमेर, धर्म र देशको आधारमा एस्टर क्लिकले मानिसलाई जोडी खोज्न सहयोग गर्छ।
एपमा जोडी खोज्न जानेले एक अर्काको प्रोफाइल हेरेर कुराकानी गर्न सक्छन्। कुराकानीबाट जोडी बन्न चाहे ‘क्लिक’ हुन्छन्। कुनै जोडी बनिसक्यो भने अर्कोले अप्रोच पनि गर्न सक्दैन। दुवै जनामात्रै कुराकानी गर्न पाउँछन्।त्यसो त अनलाइनमाध्यम भएकाले मानिसहरु एउटा मन परेपछि पनि अर्कोको बारे चासो राख्न खोज्छन्। तर एस्टर क्लिकमा एउटा जोडी बनिसकेपछि अर्कोसँग कुराकानी गर्न पाइँदैन।
‘एपमार्फत जोडी बन्नेलाई क्लिकटन भन्छौँ। जोडी बनेकाको प्रोफाइल लक हुन्छ’, दीपेशले एस्टरको विशेषताबारे भने, ‘दुई जनामात्रै कुराकानी गर्न सकिने र क्लिकटन जोडी भेट्न जाने ठाउँबारे एपबाटै थाहा हुन्छ।’
धेरै डेटिङ एपमा अश्लीलता फैलिएको सुन्न पाइन्छ तर एस्टरक्लिकमा कसैले अपशब्द प्रयोग गर्न मिल्दैन। अपशब्द लेखेर पठाएको म्यासेज डिलिट हुने उनी बताउँछन्।












