ल्होत्से मलमा लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग

काठमाडौं । मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सोमबार ल्होत्से मलमा सञ्चालित पसलमा भएको तोडफोड । पसलहरूका सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको जनाएको छ। सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो । पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको थियो । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८र९ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको व्यवसायीहरुले बताएका छन् । ल्होत्से मलमा रहेका उनको दुई वटा मोबाइल पसलमा लुटपाट भएको हो । चालिसेको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा लुटपाट भएको हो । चालिसेका अनुसार मलमा भएको काठमाडौं सुपर मार्केटमा समेत लुटपाट भएको छ ।
ल्होत्से मलमा ८ करोडको मोबाइल लुटिएको व्यवसायीहरुले बताएपनि अन्तिम क्षतीको पूर्ण विवरण भने आईसकेको छैन ।












