नयाँ बसपार्क क्षेत्रमा लुटपाटमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

२ फाल्गुन २०७९, मंगलवार १४:१८

काठमाडौं। गृह मन्त्रालयले हिजो साँझ गोंगबु तथा नयाँ बसपार्क क्षेत्रमा लुटपाटमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ । मंगलबार गृह सचिव बिनोद सिंहले प्रहरीको भ्यानमा आगजनी गर्ने तथा लोत्से मलमा रहेका घटनामा संलग्नकर्तालाई तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन ।

गृह सचिव सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर तत्काल कारबाही गर्ने निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*