सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
३ फाल्गुन २०७९, बुधबार १०:५२

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुरानै लय लिएको छ । आज सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारका दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात मंगलवारकाका दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।












