६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
४ फाल्गुन २०७९, बिहीबार १०:५३

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुरानै लयमा आउदै छ । आज सूनको मूल्य प्रतितोला ६ सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात बुधबारका दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।












