भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य, नेपालमा के होला ?
४ फाल्गुन २०७९, बिहीबार १५:४०

काठमाडौं । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ । यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३÷३ रुपैयाँ बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।
भारतबाट पेट्रोलको मूल्य घटेर आएसँगै अब नेपालमा के हन्छ भन्ने बारे आम जनताको चासो बढेको छ । यस बारे आयल निगमले कुनै पनि जानकारी दिएको छैन् ।












