पुरानै लयमा फर्कदै सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

५ फाल्गुन २०७९, शुक्रबार ११:१२

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुरानै लयमा फर्किदै छ । आज सूनको मूल्य प्रतितोला ५ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात विहिबारका दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*