बोटलर्स नेपाल (तराई) लिमिटेडको सिइओमा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त
८ फाल्गुन २०७९, सोमबार १०:२३

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त भएका छन् ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैकठले कम्पनीको सिइओमा गुणलाललाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो । उनी चेन्नाई, तामिल नाडु, इन्डियाका नागरिक हुन् ।












