मनकामना दर्शनद्धारा शहिद लखन गाँउपालिकालाई ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

८ फाल्गुन २०७९, सोमबार १७:२६

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले फोहोर व्यवस्थापन गर्नको लागि शहिद लखन गाँँउपालिकालाई १ थान ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ । कम्पनीले आज आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वव (सिएसआर) अन्तर्गत शहिद लखन गाउँपालिकालाई १ थान ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो ।

अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण सो ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*