नेपाल क्लेरिङ हाउसद्धारा कर्मचारी माग, कहिले सम्म दिन सकिन्छ आवेदन ?
१० फाल्गुन २०७९, बुधबार ११:००

काठमाडौं । नेपाल क्लेरिङ हाउसले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी ८ वटा पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले सपोर्ट एनालिष्ट, सिस्टम एनालिष्ट, टेक्नोलोजी एनालिष्ट, आइओएस डेभलपर, जेआर एन्ड्रोवाईड डेभलपर लगायतका अन्य पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले फागुन २४ गते भित्र कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।













